दैलेख बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, ३९ घाइते « Khabarhub

दैलेख बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, ३९ घाइते


१२ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् ।

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ । रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ७ : ५७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट