चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने « Khabarhub

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।

दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।

यसअघि पनि जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो, जसलाई चीनले ताइवान र अमेरिकीसाँठगाँठ विरुद्ध भएको चीनले बताएको छ ।

‘ताइवान टापुको वरिपरि जनमुक्ति सेना (पीएलए) द्वारा हालैको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र संयुक्त राज्य अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित आवश्यक कारबाही थियो’, चिनियाँ रक्षा प्रवक्ताले भने ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : २७ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत