काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी « Khabarhub

काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर-१३ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ।

वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमासमेत सबै एमालेका उम्मेदवार विजयी भएका छन्।

यस्तै हाठमाडौं महानगर १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७ सय ८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४ सय ३१ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा छन्। उनले ५६ हजार बढी मत पाएका छन्। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ। उनले ५४ हजार बढी मत पाएकी छन्।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : १५ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।