कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध « Khabarhub

कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध



दोहा – कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्ष पनि गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ ।

खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकिएको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाइने छैन। यो निर्णयले प्रत्यक्ष घाममा काम गराउने कम्पनी र संस्थाहरू दैनिक काम गर्ने घण्टा निर्दिष्ट गर्न बाध्य हुनेछन् ।

कतारमा १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० देखि ३ : ३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा हुने कारण कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई भनेको छ। सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम छ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रूपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ। गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।

यस्तो अभियान चलाइयो
मन्त्रालयले २०२१ को मन्त्रिपरिषद्को निर्णय नम्बर १७ लागू गर्दै काम समयमा कामदारलाई गर्मीबाट जोगाउन तथा तनावका खतराहरूबारे सचेतना अभियान सञ्चालन गर्न थालेको थियो । यसै महिनाको मध्यदेखि एमओएलको श्रम निरीक्षण टोलीहरूले गर्मीको समयमा खुला ठाउँमा काम गर्न निषेधको कार्यान्वयन सुरु हुनु अघि, देशभरका विभिन्न कार्यस्थलहरूमा श्रमिकहरूलाई सचेतना पर्चाहरू वितरण गरी वार्षिक सचेतना अभियान चलाएको छ।

कामदार र कम्पनीहरूको लागि सेमिनार र सचेतना बैठकहरू आयोजना गर्नुका साथै ग्रीष्मकालमा श्रमिकको सुरक्षा, स्वास्थ्य जोगाउनको लागि निर्णयको प्रावधान र कार्यान्वयनको आवश्यकतालाई उल्लंघन नगर्न कम्पनी सञ्चालकलाई मन्त्रालयले आह्वान गरेको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

कुवेतमा पनि सोही नियम 
कुवेतमा सोही नियम लागू भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन पाइने छैन । कुवेतका विभिन्न क्षेत्रमा करिब ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

प्रचण्ड गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ०१ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर