धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने « Khabarhub

धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।

उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे सम्मलाई छुट्याइएको छ।’

त्यस्तै, उनले उद्घाटन तथा स्वागत सम्मानजस्ता काममा आफूलाई नअल्झाउन पनि आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समयआजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

स्वतन्त्र उम्मेदवार हमालले कांग्रेसका नृपबहादुर वडलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : २५ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।