राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ « Khabarhub

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बैठकमा प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै संशोधनकर्ता सांसद भैरवसुन्दर श्रेष्ठ, शेखरकुमार सिंह, भगवती न्यौपाने, विमला घिमिरले आ–आफ्नो असहमतिको कुराहरू बैठकमा राखेका थिए । संशोधनका बुँदामा नीति तथा कार्यक्रममा ‘एक घर : एक धारा’ कार्यक्रम रहेको छ । चार लाख ६६ हजार नागरिकलाई उच्च र मध्यमखालको खानेपानी दिने भन्ने रहेको छ । नागरिकलाई स्वच्छ खानेपानी दिनुपर्ने हो । कसलाई उच्च र कसलाई मध्यमखालको खानेपानी दिने हो सरकारसँग म जवाफ चाहान्छौँ भनिएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भयो भनेर भनिएता पनि अत्यन्तै झेलझाल र धाँधली गरेर लज्जाबोध हुने तरिकाले निर्वाचन सम्पन्न भएको उल्लेख गरिएको छ । अघिल्लो सरकारले ल्याएको एक हजार ४०० भन्दा बढी सडक निर्माणका योजना हटाएकोप्रति बैठकमा संशोधनकर्ता सांसदको धारणापछि नियमितरुपमा दलीय आधारअनुसार नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।                        

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ३४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय