काठमाडौँ– क्यानडेली पपस्टार जस्टिन बिबरले ‘जस्टिस वर्ल्ड टुर’ अन्तर्गत आउँदो १८ अक्टोबरमा भारतको राजधानी दिल्लीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँदिल्लीको जवाहरलाल स्टेडियम गायक बिबरले लाइभ प्रस्तुति दिनेछन् ।जुन २ देखि टिकट बिक्री हुने तयारी छ । सन् २०२२ को १८ फेब्रुअरीमा क्यालिफोर्नियाको सानडियागोबाट सुरु भएको जस्टिस वर्ल्ड टुर ३० भन्दा बढी मुलुकमा आयोजना हुन् लागेको हो । भारतमा उनको यो दोस्रो कन्सर्ट हुनेछ । सन् २०१७ मा बिबरको ‘पर्पस वर्ल्ड टुर’ भनिएको पहिलो कन्सर्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी थिए ।
यसपटक जवाहरलाल नेहरु रङ्गशालामा एक लाखभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । भारतमा बिबरको फ्यान फलोइङ राम्रो छ ।
प्रतिक्रिया