एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी « Khabarhub

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् । 

बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् । आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् । थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपहरूको विषयमा छानबिन हुनुपर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नुपर्ने बताएका छन् । यसअघि थापाले ललितपुरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । 

त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताउँदै आएका छन् । 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : १६ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर