रामकृष्णको ‘म हराएँ मनमनैमा’ सार्वजनिक (भिडियो) « Khabarhub

रामकृष्णको ‘म हराएँ मनमनैमा’ सार्वजनिक (भिडियो)


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ । पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकाल प्रस्तुत छन् ।

रामकृष्ण ढकालको गीतमा गरिमा शर्मासँग स्क्रिन शेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गरे । गायक ढकालले नयाँ-नयाँ प्रतिभावान् कलाकारहरु माझ आफ्नो गीतमा काम गर्नु आफैमा सुखद रहेको बताए । भिडियोका निर्देशक सुब्रत आचार्य हुन् । मोडल गरिमाले आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताइन् ।

गायक ढकालले भने आफूले आफ्ना गीतहरु दोहोर्‍याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताए । गीतको शब्द र संगीतले मन छोएको बताउँदै उनले भिडियो पनि सुन्दर बनेको प्रतिक्रिया दिए । भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन् ।

यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ०० बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि