एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी « Khabarhub

एन्फा चुनाव : तीन अध्यक्ष सहित ५४ जनाको उम्मेदवारी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा तीन अध्यक्षसहित ५४ जनाको उम्मेदवारी परेको छ ।

असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलसहित गरी तीन जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट विरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ भने नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुल्ला सदस्यका लागि बिहीबार मनोनयन दर्ताको अन्तिम दिन ताप्लेजुङका बालकृष्ण सावाँ, मनाङ मर्स्याङ्दी क्लबका मुखिया लामा र पूर्व खेलाडी सुन्दर थापा क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नै सदस्य पदका लागि भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, बाँकेका प्रदेश सिंह राठौर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, शम्भु बा। सिंह ठकुरी, कुमार कटुवाल, प्रवीण कुमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रवीण कुमार सुवाल, निरोज खड्गीको उम्मेदवारी परिसकेको थियो ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, विमला पौडेल, पेमा डोल्मा लामा र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्याक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : १२ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा