काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन    | Khabarhub Khabarhub

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन   


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ ।

महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको जनाएको छ ।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उनले बताए । खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : ३२ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि