नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न « Khabarhub

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख अतिथि रहेको उक्त कार्यक्रम आज काठमाडौँमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतकाे उपस्थिति थियाे ।

साे कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गर्‍यो । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान समेत गर्‍यो । कार्यक्रममा प्रतिष्ठानका महासचिव मधु पाठकले साे सम्मान पत्र वाचन गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गर्‍यो । प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए ।

नेपाल-भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियो । राजेन्द्र शलभ, स्नेह सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरे ।
कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बाेल्दै दोहा तथा गजल वाचन गरे । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ११ : १५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट