नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न « Khabarhub

नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई कार्यक्रमका प्रमुख अतिथि रहेको उक्त कार्यक्रम आज काठमाडौँमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतकाे उपस्थिति थियाे ।

साे कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गर्‍यो । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान समेत गर्‍यो । कार्यक्रममा प्रतिष्ठानका महासचिव मधु पाठकले साे सम्मान पत्र वाचन गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गर्‍यो । प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए ।

नेपाल-भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियो । राजेन्द्र शलभ, स्नेह सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरे ।
कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बाेल्दै दोहा तथा गजल वाचन गरे । सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ११ : १५ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’