सुदूरपश्चिमवासीले जहाज चढ्न अब काठमाडौँमा सोध्न पर्दैन : मन्त्री आले « Khabarhub

सुदूरपश्चिमवासीले जहाज चढ्न अब काठमाडौँमा सोध्न पर्दैन : मन्त्री आले


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

यही असार १३ गतेबाट लागू हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीले उडान भर्नुपर्ने निर्णय लागू भएको जानकारी गराए । मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।

उनले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतिसहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ भएको जनाए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ५० बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ