साहित्यकार शर्मालाई नारी पुरस्कार तथा सम्मान प्रदान « Khabarhub

साहित्यकार शर्मालाई नारी पुरस्कार तथा सम्मान प्रदान


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरेकी हुन् । वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।

त्यसैगरी सो कार्यक्रममा उक्त प्रतिष्ठनबाट प्रदान गरिने ‘स्रष्ट विशेष सम्मान’ स्रष्टा रुकु कार्कीलाई र ‘मातृभूमि मायादेवी पुरस्कार’ गीता खत्रीलाई प्रदान गरिएको थियो । मायादेवी मातृभूमि पुरस्कार स्रष्टा रुकु कार्कीले आफ्नी आमा मायादेवीको स्मृतिमा स्थापना गरेकी हुन् ।

नेपाली साहित्य क्षेत्रमा निरन्तररूपमा लाग्ने नारी प्रतिभाहरूमध्येबाट स्रस्टाद्वय कार्की र खत्रीलाई यी पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान नेपालले जनाएको छ । यी पुरस्कारमा नगद राशिसहित सम्मानपत्र रहेको छ ।

सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कलाकार एवं स्रष्टाहरूको सम्मान गर्ने संस्कारले उनीहरुलाई आफ्ना क्षेत्रमा निरन्तररूपमा लाग्न प्रेरणा मिल्ने धारणा राख्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए। प्रतिष्ठनका अध्यक्ष कार्कीले नेपाली साहित्य क्षेत्रमा लागिरहेका नारीहरूलाई आगामी दिनमा पनि निरन्तररूपमा लाग्न प्रोत्साहित गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतिष्ठानले बर्सेनि पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको बताए ।

सो कार्यक्रममा साहित्यकार डा रामप्रसाद ज्ञवाली, रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व डा शर्मा, खत्री र कार्कीलगायतले नेपाली साहित्य क्षेत्रका विविध विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ४४ बजे

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना

काठमाडौं – फिल्म ‘कंगाल करोडपति’मा डेब्यू नायिका सलिना तामाङको अनुबन्ध

नौ दिनदेखि राज्यलाई पुकारिरहेका सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरू)

काठमाडौं– सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौंको माइतीघरमा

रास्कोटमा खाद्यान्न अभाव नहुने

मान्म– रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ । वर्षायाममा

२ सातामै उठ्यो औद्योगिक क्षेत्रको ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि

‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’

एजेन्सी– मध्यपूर्वमा चलिरहेको लामो द्वन्द्वलाई सम्बोधन गर्न र यसको प्रभावलाई