रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेनाविरुद्धकाे खोप « Khabarhub

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेनाविरुद्धकाे खोप


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरस (काेभिड-१९) विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्याङ्क शतप्रतिशतभन्दा बढी छ ।

हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरूलाई कोभिड खोप दिएकोमा रुपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात् ८ लाख ४२ हजारले  पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

रुपन्देहीमा ८ लाख ३५ हजार ७९० जना १२ वर्षमाथिका लक्षित समूह थिए । अन्य जिल्लाबाट काम गर्न आउन, सुरक्षाकर्मी, तथा बसाइ गरिरहेका नागरिकले पनि रुपन्देहीबाट खोप लिएकोले लक्षितभन्दा बढी प्रतिशत देखिएको हो । अन्य जिल्लामा पहिलो डोज खोप लगाएका तथा अन्य जिल्लाबाट बसाइसराइ गरी आएकाहरूले समेत दोस्रो डोजको खोप लगाएको कारण यहाँ मात्रा बढेको शर्माको भनाइ छ ।

पूर्ण खोप लिएकामध्ये तीन लाखले बुस्टर खोपसमेत लिइसकेको कार्यालयले जानकारी दिएको छ । चैतबाट सुरु भएको बुस्टर खोप उक मात्रा लगाइने गरिएकोमा १८ वर्षमाथिका ७ लाखमध्ये सो संख्यामा उक्त खोप लिएका छन् ।

नेपालको १३ जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा कम रहेकोमा सो सूचिका लुम्बिनी प्रदेशको एक जिल्ला मात्रै परेको छ । समग्रमा प्रदेशको खोप लिनेको संख्या सन्तोष जनक भए पनि बाँकेमा मात्र ६८ प्रतिशतले पूर्ण खोप लिएका छन् । रुपन्देहीमा भने लक्ष्यभन्दा बढीले खोप लिएका छन् । पहिलो मात्रा लिने र दोस्रो मात्रा लिनेको संख्यामा कमी आए पनि लक्षित समूहभन्दा बढीले खोप लिइसकेका खोप अधिकृत शर्माले जानकारी दिए ।

रुपन्देही पूर्ण खोप जिल्लाको पंक्तिमा छ । १६ पालिका रहेको रुपन्देहीमा सात पालिका पूर्ण खोप घाेषणा भइसकेको छ भने अन्य पालिकाहरु पूर्ण खोप लिई घोषणाको प्रक्रियामा छन् । रुपन्देहीको सैनामैना, तिलोत्तमा, मर्चवारी, ओमसतिया, रोहिणी, सियारी सुद्धोधनले पूर्ण खोप घोषणा गरिसकेको खोप अधिकृत शर्माले भने ।

हालसम्म १२ वर्षभन्दा बढीका नागरिकलाई खोप लगाइएकोमा, शनिबारबाट रुपन्देहीमा  ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु भएको छ । दुई चरणमा लगाइने गरी जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाइजरको खोप हो ।

 ९१ प्रतिशत बढी खोपको प्रभावकारिता रहेको फाइजर बायोएनटेक खोप सबैभन्दा सुरक्षित छ । रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ०० बजे

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र