एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा « Khabarhub

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् ।

शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले भने नयाँ मन्त्रीको शपथ आइतबार हुने जनाएको छ । ‘प्रधानमन्त्रीकै बाचा अनुसार आज मन्त्री हेरफेर हुनु पर्ने हो, हामी त्यसमा आशावादी छौ ।’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले खबरहबसँग भने । प्रधानमन्त्रीसँग भएको कुराकानीमा पनि आजका लागि भाखा राखिएको उनको भनाइ छ ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने हालसम्म मन्त्री हेरफेरको कुनै तयारी नभएको जानकारी दिएका छन् । ‘भरेसम्म के हुन्छ भन्न सकिन्न तर अहिलेसम्म मन्त्रीमण्डल पुनर्गठनको सुचना आएको छैन।’उनले खबरहबसँग भने ।

यस्तै मन्त्री बन्ने सूचीमा रहेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि आफूहरूलाई हालसम्म शपथका लागि कुनै सुचना नआएको बताएका छन् । उनले निराश हुँदै भने– ‘हामी प्रधानमन्त्री कार्यालयको फोन कुरिरहेका छौ । तर अहिलेसम्म कुनै सुचना, खबर आएको छैन ।’

एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको ३ साता बित्न लाग्दासमेत प्रधानमन्त्री देउवाले मुख खोलेका छैनन् । जनता समाजवादी पार्टी, माओवादी केन्द्र र आफ्नै दल कांग्रेसमासमेत मन्त्री फेर्न दबाब पर्ने भन्दै उनले आनाकानी गरिरहेको हुनसक्ने कतिपयको बुझाइ छ ।

एकीकृत समाजवादीले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय शनिबार मात्रै केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : १० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६