प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग « Khabarhub

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताए । उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने तर्क गरे । प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन्।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ४१ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६