लागूऔषध दुर्व्यसन र अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको छ : गृहमन्त्री  | Khabarhub Khabarhub

लागूऔषध दुर्व्यसन र अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको छ : गृहमन्त्री 


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री खाँणले नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रूपमा आइरहेको भन्दै नियन्त्रणका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका हुन्  ।

संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले आगामी दिनमा जनजागरूकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरूलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए।

मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारागारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधि मध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाँणले जानकारी दिए।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघ संस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागू औषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । त्यसअघि काठमाडौँमा सचेतनामूलक र्‍यालीसमेत निकालिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ५३ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार