भारतमा ५६ केजी हेरोइन बरामद प्रकरण- दुई अफगानसहित थप तीन जना पक्राउ « Khabarhub

भारतमा ५६ केजी हेरोइन बरामद प्रकरण- दुई अफगानसहित थप तीन जना पक्राउ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको गुजरात राज्यमा २ अर्ब ८० करोड भारतीय रुपैयाँ बराबरको अवैध लागूऔषध हेरोइनसहित बरामद प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

गत अप्रिल महिनामा अरब सागरमा डुङ्गाबाट २ अर्ब ८० करोड बराबरको अवैध लागूऔषध बरामद गरिएको थियो । घटनामा ९ जना पाकिस्तानी नागरिकलाई पनि पक्राउ गरिएको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा भारतको प्रतिआतंकवादी एकाई तथा तटरक्षक बलले दुई अफगान सहित तीन जनालाई पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत अप्रिल महिनामा भारतीय तटरक्षकसँगको सहकार्यमा प्रतिआतंकवाद एकाइले ५६ केजी हेरोइन बरामद गरेको थियो । पछिल्लो पटक पक्राउ परेकाहरु खारी हमिदुल्लाह, मोहम्मद हकिम र अजिम अहमद रहेको एएनआईले जनाएको छ ।

उनीहरु नयाँ दिल्ली र उत्तराखण्डमा बसोबास गर्दै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ५८ बजे

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका