भिडियोमा बलात्कृत महिलाको पिडा « Khabarhub

भिडियोमा बलात्कृत महिलाको पिडा


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ ।

बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बलात्कारीले नभएर स्वयं बलात्कृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ ।

भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजिएको छ । भिडियोमा बाल कलाकार ईशब घिमिरेको समेत अभिनय छ । भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : २० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ