प्रदीपले गरे कमेडियनलाई नै रोष्ट « Khabarhub

प्रदीपले गरे कमेडियनलाई नै रोष्ट


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म  ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकि प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । फिल्मको क्यारेक्टरलाई आफ्नो स्टारडमको छायाँबाट निकाल्न प्रयत्न गरिरहेका प्रदीप स्थापित फिल्म  ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका थिए। 

उनी यस पटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकि यस अगाडि आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् । उनले आफ्नै कलाकारिताको शैलीमा आएको परिवर्तनलाई महसुस गरेको प्रस्ट्याएका हुन् ।

प्रचारप्रसारको लागि मोफसल टुरमा रहेका प्रदीप बुटबलमा भने कमेडियन बनेका छन् । बटुवा कमेडी र कमेडी टुकटुकसंगको सहकार्यमा ‘प्रकाश’ ले गरिरहेको कमेडी टुर ‘टेबल मुनीबाट’ मा उनी कमेडियन शैलीमा प्रस्तुत भएका हुन् । स्टेज चढेका प्रदिप स्ट्याण्डप कमेडीयन जस्तै सुनिए । उनले स्टेजबाट कार्यक्रममा स्ट्याण्डप कमेडी प्रस्तुत गर्ने कमेडियनहरुलाई नै रोष्ट गरे । खासगरि प्रदिपको निशानामा परे कमेडीयन आदर्श मिश्रा ।

पर्दामा भने उनी यसपटक भिन्न छन्। फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए । ‘

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्ममा आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । शिक्षक बन्ने सपना देखेर जुम्लाको एक युवाले भोग्ने पीडालाई फिल्ममा देखाउन खोजिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । काठमाडौँको परिवेशमा हुर्किएका प्रदीपले संवत यस अगाडि त्यो जीवन भोगेका वा बाँचेका थिएनन् । 

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा जुम्लाको परिवेशलाई टिपेको छ । यसमा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ५४ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको