साफ यू–२० च्याम्पियनसिप : भोलि नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै « Khabarhub

साफ यू–२० च्याम्पियनसिप : भोलि नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली युवा टोली भोलि लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

भारतको भुवनेश्वरमा सोमबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० गोलको जित निकालेको थियो ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताए । केसीले श्रीलंकासँग आत्मविश्वासका साथ जितका लागि खेल्ने पनि बताए । आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ५१ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी