संघ र प्रदेश निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ : प्रमुख निर्वाचन आयुक्त « Khabarhub

संघ र प्रदेश निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ : प्रमुख निर्वाचन आयुक्त


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।

आयोगले आज गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताए।

उनले भने, ‘हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ।’ उनले सरकारले उपकरण उपलब्ध गराउने भए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेलाई कारबाही गर्ने बताए । उनले एक लाख ५६ हजार उम्मेदवार रहेकामध्ये एक लाख उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्ने तयारी गरिएको बताए ।

आयोगले खर्च विवरण सङ्कलन गरिरहेको भन्दै नबुझाउने, तोकिएको समयमा नबुझाउने र समयमा बुझाए पनि खर्च सीमाभित्र नबुझाउनेलाई आयोगले पाँचवटा टोली गठन गरी छानबिन गरिरहेको उनको भनाइ रहेको छ । निर्वाचनको परिमाण भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्दछ । उनले देशभरि नै अनलाइन मतदाता नामावली सङ्कलन गर्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ०२ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–