नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालका विद्यार्थीहरुद्वारा राँके जुलुस प्रदर्शन « Khabarhub

नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालका विद्यार्थीहरुद्वारा राँके जुलुस प्रदर्शन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयक विराेधमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मंगलबार साँझ नागरिकता विधेयक बुदाँहरु विवादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको भन्दै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश निकालेका थिए ।

नागरिकता जस्तो संवेदनशिल विषयमा सरकार वेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकता विधेयकका कारण मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्व संकटमा परेकाले आफूहरु बाध्य भएको सडकमा उत्रनु परेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।

विवाह गर्नसाथ कुनैपनि विदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी