विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु  | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

वर्ल्डमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ ।

वर्ल्डमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ३९ बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर