पछिल्लो चार वर्षदेखि यस्मिनले अस्थिर जिन्दगीको सामना गरेकी छन्। बङ्गलादेशको शरणार्थी शिविरमा जन्मिएकी उनी आफ्नो पुर्ख्यौली घर म्यानमार फर्कने कुनै छाँटकाँट नै छैन। भारतको नयाँ दिल्लीको कुनै एउटा कोठामा उनले शरण पाएकी छन्। तर, त्यहाँको जीवन अत्यास लाग्दो छ।
सन् २०१७ मा म्यानमारबाट हजारौँ अल्पसङ्ख्यक रोहिंग्या समुदायका मुसलमान झैँ यस्मिनका परिवार पनि देश छाड्न बाध्य भएको थियो। यसरी गएका धेरै जना बङ्गलादेश या भारतमा पुगेर बसेका छन्। ती देशमा अहिले पनि उनीहरू शरणार्थीकै रूपमा छन्। संसारमै राज्यरहित सबैभन्दा ठूलो समुदायको रूपमा राष्ट्र संघले नै परिभाषित गरेको रोहिंग्या मुसलमानको जीवन नै बेकार जस्तै भएको छ।
यस्मिनका बाबु रहमान म्यानमारमा व्यापारी थिए। त्यहाँ सेनाले उनीहरूको समुदायमाथि नै आक्रमण गर्न थाले पछि ७ लाख भन्दा बढी रोहिंग्या मुसलमानले म्यानमार छाडेका थिए। त्यहाँबाट हिँडेको केही दिनमा उनीहरू कक्स बजार पुगेका थिए। कक्स बजार म्यानमारसँग सीमा जोडिएको बङ्गलादेशको दक्षिण पूर्वी बजार हो।
सन् २०१७ मा म्यानमारबाट हजारौँ अल्पसङ्ख्यक रोहिंग्या समुदायका मुसलमान झैँ यस्मिनका परिवार पनि देश छाड्न बाध्य भएको थियो। यसरी गएका धेरै जना बङ्गलादेश या भारतमा पुगेर बसेका छन्। ती देशमा अहिले पनि उनीहरू शरणार्थीकै रूपमा छन्।
त्यहाँ उनीहरूको अवस्था साँच्चै दयनीय थियो। खाद्यान्न अभाव थियो भने दैनिक जीवनका अन्य समस्या समाधान गर्न पनि त्यत्ति सहज थिएन। उनीहरू सहयोग र राहतको भरमा चलेका थिए। उनीहरू बङ्गलादेश पुगेको १ वर्षपछि यस्मिनको जन्म भएको हो।
बङ्गलादेश सरकारले रोहिंग्या मुसलमानलाई म्यानमार फर्काउन जोड बल गरेपछि उनीहरूको जीवनमा पनि समस्या आएको थियो। भासन चर नाम रहेको दूरको एउटा टापुमा लगेर शरणार्थीलाई राखिएको थियो। त्यस स्थानलाई ‘जेल टापु’को नामकरण गरिएको थियो।
रहमानले बङ्गलादेश छाडेमा बच्चाको भविष्य अलिकति राम्रो बनाउन सहयोग पुग्ने सोचेर भारतमा जाने निर्णय गरेका हुन्।
भारतमा कत्ति शरणार्थी छन् भन्ने फरक तथ्यांक छ। तथापि धेरैको अनुमानमा भारतमा १० हजारदेखि ४० हजारको बीचमा रोहिंग्या मुसलमान छन्। धेरै जसो त सन् २०१२ देखि नै त्यस देशमा छन्।
वर्षौँदेखि रोहिंग्याले अन्य देशको तुलनामा भारतमा सहज जिन्दगी बिताएका छन्। तथापि उनीहरू यदाकदा विवादमा नआएका भने होइनन्। यसै महिना सङ्घीय मन्त्रीले शरणार्थीलाई घर, सुविधा र प्रहरी सुरक्षा प्रदान गर्ने कुरा ट्विट गरे पछि दिल्लीमा उनीहरूको उपस्थितिका बारे नयाँ ढङ्गले चर्चा हुन थालेको हो। त्यसपछि नै सरकारले यो गर्न अहिले व्यावहारिक समस्या हुने कुरा उठाएको थियो।
बङ्गलादेश सरकारले रोहिंग्या मुसलमानलाई म्यानमार फर्काउन जोड बल गरेपछि उनीहरूको जीवनमा पनि समस्या आएको थियो। भासन चर नाम रहेको दूरको एउटा टापुमा लगेर शरणार्थीलाई राखिएको थियो। त्यस स्थानलाई ‘जेल टापु’को नामकरण गरिएको थियो।
अहिले रोहिंग्या मुसलमान साँच्चै ठूलो समस्या बनेको छ। कुनै पनि देश हजारौँ सङ्ख्यामा शरणार्थी आफ्नो देशमा राख्न चाहँदैन। गत महिना मात्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले संयुक्त राष्ट्र सङ्घको उच्च स्तरीय मानव अधिकार आयोगका कमिस्नर माइकल बाचलेटसँग भेटेर आफ्नो देशमा रहेका शरणार्थी म्यानमार फर्काउनु पर्ने कुरा उठाएकी थिइन्।
राष्ट्र संघले भने म्यानमारमा अहिले पनि युद्ध भइरहेको समयमा यो काम अत्यन्त जोखिम हुने जनाएको छ। सन् २०२१ मा रोहिंग्याकै विरुद्धमा ज्यादती गरेको आरोप लागेको त्यहाँको सेनाले सत्ता हातमा लिइसकेको छ।
सैन्य शासनपछि लुकेर बसेका रोहिंग्या पनि समुद्री बाटो हुँदै म्यानमार र फिलिपिन्सतर्फ गएका छन्। उनीहरूका लागि यो बाध्यता थियो।
यसरी समस्यामा पर्ने रोहिंग्या संसारमा अन्य देशमा पनि हुन सक्छन्। रहमान जस्तै काटुजा बेगम पनि सन् २०१७ को अगस्टमा म्यानमार छाडेर बिदेसिएकी थिइन्। यस क्रममा उनी तीन दिन भोकै हिँडेर त्यहाँबाट भागेकी थिइन्।
उनी तीन सन्तानसहित कक्स बजारको शिविरको एउटा कोठामा जीवन बिताइरहेकी छन्। उनीहरूको वासस्थानमा प्लास्टिकको छानो छ। मनसुनको समयमा मुस्किलले उनीहरूलाई त्यसलाई सुरक्षा दिने गर्छ। घरेलु भूमिमा रहँदाको पीडा उनलाई अझै छ। ‘सेना घरमा आएर यातना दिन्थे। जब उनीहरू फायर खोल्थे, हामी भाग्ने गरेका थियौं। बच्चालाई पानीमा फ्याँक्ने गरेका थिए। उनीहरूले बाटोमा जसलाई भेट्यो त्यसलाई नै मारिदिन सक्थे ’, म्यानमारको सैन्य आतङ्कका बारे काटुजाले भनिन्।
अहिले रोहिंग्या मुसलमान साँच्चै ठूलो समस्या बनेको छ। गत महिना मात्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले संयुक्त राष्ट्र सङ्घको उच्च स्तरीय मानव अधिकार आयोगका कमिस्नरसँग भेटेर शरणार्थी म्यानमार फर्काउनु पर्ने कुरा उठाएकी थिइन्।
उनी पनि अन्य शरणार्थी झैँ राहत र च्यारिटीको रूपमा आउने खाद्यान्न मै निर्भर छिन्। सामान्यतया यो पर्याप्त हुँदैन। ‘न म उनीहरूलाई चाहे जसरी खुवाउन सक्छु। नत म उनीहरूलाई राम्रो लुगा किनी दिन सक्छु। न त स्वास्थ्य उपचार नै दिन सक्छु’, छोराहरूले भोगेको अभावका बारे उनले भनिन्। उनले छोराहरूलाई कलम किनी दिनका लागि कति पटक त आफ्नो रासन बेचेकी पनि छन्।
राष्ट्र संघले जनाए अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय निकायको सहयोगमा धेरै कटौती भएपछि त्यहाँ समस्या अझ थपिएको छ। बाच्नका लागि न्यूनतम मानवीय आवश्यकताका लागि नै उनीहरू भौँतारिने दिन आएको राष्ट्र संघले जनाएको हो।
राष्ट्र संघले दिएको जानकारी अनुसार अहिले पनि शरणार्थी पौष्टिक आहार, भरपर्दो वासस्थान, सरसफाइ र कामको अवसरबाट वञ्चित रहेका छन्। कोटीजाको सबै भन्दा प्रमुख प्राथमिकता छोरा छोरीलाई शिक्षा दिने हो। तर, यस कुरामा नै अहिले धरै कठिनाइ देखिएको छ। ‘बच्चाहरू दिनहुँ विद्यालय त गएका छन्। तर, उनीहरूले त्यहाँ राम्रो शिक्षा पाइरहेको जस्तो लाग्दैन,’ काटीजाले भनिन्।
कक्स बजारको शिविरमा बस्नेलाई म्यानमारकै पाठ्यक्रम अनुसार पढाइन्छ। उनीहरूको बस्ने गरेको बङ्गलादेशको पाठ्यक्रम अनुसार पढाइ हुँदैन। त्यहाँ बसोबास गरेका बासिन्दालाई आफ्नै घर फर्कने वातावरण आएपछि सहज होस् भन्ने हेतुले त्यसै अनुसार पाठ्यक्रम चयन गरिएको जनाइन्छ।
दिल्लीमा भेटिएका रहमानले भावुक हुँदै छोरालाई पाखुरामा च्यापेर भने, ‘मैले यिनलाई राम्रो शिक्षा दिन खोजेको हो। तर, सकिन। ’
नरसंहारपछि रोहिंग्याले आफ्नो देश छाडेको पाँच वर्ष भइसकेको छ। पाँच वर्षको अवधिमा पनि उनीहरूले न्याय पाउने कुनै छाँटकाट नै छैन। उनीहरू मध्यका आधा त घर फर्कने कुरामा आशावादी छन्। तर, त्यो वातावरण बन्नु अगाडीको वातावरण सही होस् भन्ने उनीहरूको चाहना हो।
सन् २०१७ मा भएको त्यस घटनालाई राष्ट्र संघले नरसंहारको संज्ञा दिइसकेको छ। म्यानमारको सैन्य सरकारले भने यो निर्णय पूर्वाग्रही भएको ठहर गरेको छ। राष्ट्र सङ्घीय कानुनले नै गरेको त्यो निर्णय अनुसार उनीहरूलाई संरक्षण प्रदान गर्न पनि अनिवार्य भइसकेको छ।
राष्ट्र सङ्घीय कानुन र न्यायालयको निर्णय आफूहरूको अनुकूल भए पनि यो समुदायलाई व्यवस्थित गर्न कुनै पहल नभएकोमा रोहिंग्या समुदायको गुनासो यस अगाडि पनि बाहिर आइरहेकै थियो।
नरसंहारपछि रोहिंग्याले आफ्नो देश छाडेको पाँच वर्ष भइसकेको छ। पाँच वर्षको अवधिमा पनि उनीहरूले न्याय पाउने कुनै छाँटकाट नै छैन। उनीहरू मध्यका आधा त घर फर्कने कुरामा आशावादी छन्। तर, त्यो वातावरण बन्नु अगाडीको वातावरण सही होस् भन्ने उनीहरूको चाहना हो।
त्यसो त त्यो घटना भएको पाँच वर्ष भइसकेको छ। यस पाँच वर्षको अन्तरालमा अन्य निकायबाट पनि यसलाई नरसंहार नै ठहर गरिएको छ। अमेरिका लगायत पश्चिमा देशले पनि त्यो घटना नर संहार नै भएको ठहर गरेका हुन्। अमेरिकाले बारम्बार म्यानमारले मानवता विरोधी अपराध गरेको ठहर गरेको छ।
त्यससमयमा घाइते भएकालाई पनि छाडिएको थिएन। म्यानमारको सेनाले गरेको यौन शोषणको त कुनै लेखाजोखा नै छैन।
रोहिंग्याले ज्यादती सहन नसकेर सन् २०१७ मा देश छाडेर भागेका थिए। त्यस भन्दा अगाडि नै सन् २०१६ मा देशको पश्चिममा रहेको राखिने प्रान्तमा ज्यादती सुरु भइसकेको छ।
म्यानमार नरसंहारको यस पाँच वर्षमा के रोहिंग्याले वास्तविक न्याय कहिले पाउने ? भन्ने विषय नै अहिले संसारकै एउटा प्रमुख बहस बनेको छ। स्रोत : बीबीसी, सीएनएन, द गार्जीयान
प्रतिक्रिया