चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि « Khabarhub

चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ ।

अघिल्लो वर्ष पनि असोज पहिलो साताबाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय भन्दा बढी व्यवसायी फर्मबाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : २९ बजे

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै