सुर्खेतमा दुई लाख ४७ हजार मतदाता कायम « Khabarhub

सुर्खेतमा दुई लाख ४७ हजार मतदाता कायम


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट दुई लाख ४७ हजार सात सय ४० मतदाता कायम भएका छन्।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले क्षेत्र नं १ मा एक लाख २३ हजार ७५ तथा २ मा एक लाख २४ हजार छ सय ६५ मतदाता रहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम सुरु भइसकेको बताए।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३ देखि १७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ ।

त्यस्तै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३ देखि १६ गते, भदौ १३ गतेदेखि १७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ३३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब