गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित « Khabarhub

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।

नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए ।

‘विद्यालयमा बालबालिकाहरूलाई कम्प्युटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,’ माबोहाङले भने । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु समेत भएको छ । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताइन् ।

गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महसुस गरेका छन् । घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्‍याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताइन् । उनी भन्छिन्, ‘ गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो  मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’

विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले नि:शुल्क जग्गा प्रदान गरेका थिए । जग्गा प्रदान गर्ने मादेन र उनका श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ३५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड