चितवनमा थपिए ५८ हजार मतदाता « Khabarhub

चितवनमा थपिए ५८ हजार मतदाता


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।

कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने रहेका छन् ।

यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्ने छ ।

यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रुटि सच्याउने र नाम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने रहेको छ ।

जिल्लामा हाल चार लाख १२ हजार एक सय ६५ मतदाता रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । सो निर्वाचनमा भन्दा ५८ हजार एक सय २९ मतदाता थपिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ३२ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको