खोजिएन तीन महिनादेखि अवरुद्ध उदिपुर सडकको विकल्प « Khabarhub

खोजिएन तीन महिनादेखि अवरुद्ध उदिपुर सडकको विकल्प


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका-१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो ।

यस वर्ष बर्खा लाग्ने बित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पुरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ । अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो ।

त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ । तर, कहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ ।

चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदिपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो त्यो पनि कामयावी हुन सकेन । यो सडक नगरपालिका भित्र भए पनि डुम्रे–बेसीशहर–चामे सडक भएकाले डिभिजन कार्यालयले हर्ने हो । जसका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन् ।

टेण्डर आह्वान हुने कहिले हो, ठेक्का पर्ने कहिले हो, र बाटो बन्ने कहिले भविष्य अनिश्चित छ । त्यो बेलासम्म लमजुङ र मनाङवासीले सास्ती भोगिरहनुको विकल्प छैन । अघिल्लो वर्ष नै बनाउनु पर्ने सडक हो, ८ करोड परेको थियो, के हेरेर बसेका थिए ? प्रश्न गर्छन् लमजुङ उद्योग वणिज्य संघका पूर्व अध्यक्ष राजेश थापा ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ४५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको