अटवारी पर्व : कैलाली र कञ्चनपुरमा पर्सि सार्वजनिक बिदा « Khabarhub

अटवारी पर्व : कैलाली र कञ्चनपुरमा पर्सि सार्वजनिक बिदा


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी- कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो । आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले बताए।

तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : २० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको