सिट बाँडफाँटमा समस्या छैन, भदौ १५ भित्र टुंगिन्छ : प्रचण्ड « Khabarhub

सिट बाँडफाँटमा समस्या छैन, भदौ १५ भित्र टुंगिन्छ : प्रचण्ड


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनमा कुनै अप्ठेरी नरहेको दाबी गरेका छन् ।

कार्यदललाई सिट बाँडफाँट गर्न सकस परिरहेका बेला शुक्रबार विराटनगर विमानस्थल पुगेका प्रचण्डले पत्रकारसँग बाहिर चर्चा भएजस्तो समस्या नभएको बताएका हुन् ।

आगामी निर्वाचनका लागि भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दाबी उनको छ । ‘हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ।’ उनले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक स्वीकृत हुने विश्वास प्रचण्डको छ। तर राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको टिप्पणी उनले गरेका छन्।

प्रचण्डले भने, ‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुन्छ भन्नेमा म विश्वस्त छु। कतिपय व्यवहार स्वाभाविक देखिएको छैन। तर, यसले त्यस्तो केही संकट निम्त्याउने म देख्दिनँ।’

नागरिकता विधेयकबारे छलफललाई तीव्रता दिएपछि राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ३५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ