एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्छौँ : ओली  « Khabarhub

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्छौँ : ओली 


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन्।

शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौं भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दाबी गरे।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसँग वार्ता र कुराकानी तथा दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरूका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे। उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, संगठानिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  २ : ०३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको