न्यू एभरेष्ट माछा फार्म : ११ जनालाई स्वदेशमै रोजगारी | Khabarhub Khabarhub

न्यू एभरेष्ट माछा फार्म : ११ जनालाई स्वदेशमै रोजगारी


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा– मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन् । भुरा बिक्री वितरण तथा  माछापालन व्यवसायमा रमाइरहेका राई विगत २५  वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा खाने माछा खरिद बिक्री गदै आएका राई ११ जति कामदारलाई स्वदेशमै रोजगारीसमेत दिन सफल भएका छन् । उनले आफ्नो आठ कट्ठा जमिनमा रहेको माछा फर्ममा आधुनिक किसिमको पद्धति अपनाएर माछाको भुरा बिक्री तथा माछापालन गरी वार्षिकरूपमा १० लाख जति आम्दानी गरेर अघि बढ्न सफल भएको बताए । 

 कृषकका लागि सहज किसिमले आफ्नो फार्मबाट माछाका भुराको बिक्री वितरण गर्दै व्यवसायलाई अघि बढाएका राई माछापालन गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतसमेत बन्न सफल भएका छन् । उनको माछा फार्ममा दैनिकरूपमा बर्खा र हिउँद गरी सिजनको समयमा ग्राहक पहाड तथा मधेसको भित्री भागबाट समेत माछाका भुरा खरिद गर्न आउने गरेको पाइन्छ ।

राईको व्यावसायिक फार्ममा खाने माछा  किन्नेको समेत भीड लाग्ने गर्दछ । थोरै जमिन तथा कम लागतमा पनि माछापालन गर्दा दोब्बरभन्दा बढी आम्दानी लिन सकिने अनुभव बटुलेका राई नेपालमा बढी मात्रामा भारतीय माछाले बजार लिइरहेको हुँदा यस व्यवसायको विकासका लागि कृषकलाई हौसला तथा सहयोग हुने खालको कार्यक्रम सम्बन्धित पक्षले ल्याउन जरुरी भएको बताउँछन् । 

राईले सञ्चालन गरेको फार्ममा विशेष गरेर उन्नत जातका माछाका भुरा ग्रासकार्प, कमनकार्प, सिल्भर कार्प, विगहेड कार्प, पङ्गास, रहु, नैनी, भाकुर, साथै हाइबेड, मुग्रीलगायतका भुरा सहजरूपमा पाइन्छन् । खाने माछामा मुर्गीबाहेक अन्य जातका माछा यहाँ उत्पादन हुने गरेको छ । 

मेहनत र पौरख गरेर राम्रोसँगले माछापालन गर्ने हो भने जीविकोपार्जन मात्र होइन मनग्य पैसा कमाउन सक्ने सम्भावना रहेको राई बताउनुहुन्छ । अन्य कृषि व्यवसायको तुलनामा  यस व्यवसायबाट  स्वदेशमै  राम्रो  आम्दानी गर्न सकिने उनको भनाइ छ । फागुन १५ देखि असोज कात्तिकसम्मको समय माछापालनको सिजन भएकाले माछालाई जाडोभन्दा गर्मी नै बढी सहज हुने कृषक राई बताउँछन् । 

स्वदेशमै रहेर लामो समयदेखि माछा तथा भुरा बिक्री वितरण गर्दै आएका राईले राँगाभैँसीको समेत मासुका लागि खरिद बिक्री गरी व्यवसायलाई थप मजबुत बनाएका छन् । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  २ : ०७ बजे

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल