आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल « Khabarhub

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्।

उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। उनले अहिले देशले साँच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे।

सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरूले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो । राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरे।

यसैबीच पूर्वमुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफू कुनै पनि तहमा उम्मेदवार नहुने घोषणा गरेका छन् । “अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दै मिल्दैन, त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु”, उनीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उनले उल्लेख गरेका छन्।उनले नेकपा (एमाले) लाई विजयी गराउन लागिपर्ने सन्देशमा भनेका छन्।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ३४ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र