अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाइयो 

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको हो ।

माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको जनाइएको छ । पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार मन्त्रीमण्डल समावेशी बनाउनका लागि दुई सांसदलाई फिर्ता बोलाइएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद  रहेका छन् । जसमध्ये सांसद शाह र कामीबाहेक अन्य ९ जना मन्त्री भइसकेका छन् ।

२. लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालय  जारी बैठकमा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि दाबी गरे ।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसँग वार्ता दवाव र निर्वाचनसंग सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाई छ ।

अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरूका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे । उनले  उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, सांगठनिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ ।

३.  पर्यटकको हवाई उद्धारका नाममा हुने विकृति नियन्त्रण गर्नुपर्छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने  बताएका छन् ।

काठमाडौंमा आज  हिमालयन उद्धार संघ नेपालको ४८ औं साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटकको हवाई उद्धारका नाममा हुने बिकृतिले समग्र नेपालकै पर्यटन क्षेत्रमा असर पर्ने भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने  बताए  ।

उनले आगामी दिनमा हवाई उद्धार सेवालाई व्यवस्थीत बनाउदै लैजानुपर्ने धारणा राखे । उनले पर्यटन क्षेत्रलाई चलाएमान बनाउन सरकारले अघि सारेको कार्ययोजनालाई पुरा गरेरै छाड्ने  बताए । कार्यक्रममा संघले गत आर्थिक बर्षमा हिमालय क्षेत्रबाट नेपाली र बिदेशी गरि एक हजार ७० जनाको उद्धार गरिएको जनाएको छ । 

 ४. राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराइयो 

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली  आज  राहदानी विभागको अनुगमनमा  गरेको थियो ।

त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले  त्यहाँ रहेका कुर्सीहरू हटाएको छ । मेयर बालेन्द्र शाह आफैँ सो स्थानमा पुगेका थिए  । महानगरले पार्किङका लागि नक्सा पास गरिएको ठाउँ अरु कामका लागि उपयोग भएका स्थान खाली गर्दै आएको छ ।

५. मदिराको नक्कली उत्पादन गरी बिक्री गरेको आरोपमा ५ जना पक्राउ 

ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यवसायीले  फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा प्याक गर्ने खाली बोतल हरु ठुलो परिमाणमा बरामद भएको जनाइएको छ । ती मदिराहरू नाइट क्लबदेखि दोहोरी साँझसम्म पुग्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले त्यसअघि कोटेश्वरबाट हरि वलीलाई पक्राउ  गरी उनको कोठामा खानतलासी लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 ६.  नेप्से दोहोरो अंकले घट्यो

 कारोबारको अन्तिम दिन  आज सेयर बजार परिसूचक नेप्से  दोहोरो अंक घटेको छ ।  नेप्से आज  १६.९३ अंकले घटेर २ हजार २२ दशमलव ६२ विन्दुमा पुगेको हो ।  आज २१३ कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा  कारोबार भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएको छ ।

लाइफ इन्स्युरेन्स कर्पोरेसन, अपरहेवाखोलाको मूल्य ५ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर  कारोबार भएको छ ।

७. मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु 

मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका–३ गोठारी बस्ने भुवन सिंह घलानकी ३ वर्षीया छोरी भूमिका घलानको चुर्लिङ खोलाले बगाउँदा  आज बिहान मृत्यु भएको हो । घट्टमा गएकी आफ्नी आमालाई पिछा गर्दै जाँदा  उनलाई  खोलाले बगाउँदा  थियो ।

ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

८. पाकिस्तनमा राष्ट्रिय सङ्कटको  घोषणा 

पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

सरकारले राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ । ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् ।

त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् । मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । 

९. भारतको  हरियाणामा एकै परिवारका ६ जना मृत फेला  

भारतको पञ्जाब राज्यमा हरियाणामा  एकै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् ।  अम्बाला जिल्ला अन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जना आज बिहान मृत अवस्थामा फेला पारेको त्यहाँको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

मृत फेला परेकामा  ६५ वर्षका संगत राम, ३४ बर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरू अशुजास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरूले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ ।

तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन । उनीहरूको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको  जनाइएको छ । 

 १०. (सीप्यान) को नयाँ नेतृत्व चयनका लागि चुनावी साधारण सभा भदौ अन्तिम साता

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को नयाँ नेतृत्व चयनका लागि चुनावी साधारण सभा भदौ अन्तिम साता हुने भएको छ । सीप्यानले  आज एक सूचना निकाल्दै तेस्रो वार्षिक साधारण सभा भदौ २५ गते हुने जानकारी गराएको छ ।

सीप्यानका महासचिव तथा पूर्व कप्तान पारस खड्काले यस साधारण सभा चुनावी साधारण सभा समेत रहेको बताएका छन् । साधारण सभाको अघिल्लो दिन भदौ २४ गते एनसीसीएस कलेजको प्रायोजनमा सीप्यान क्रिकेट अवार्ड समेत हुँदैछ । आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : ४८ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।