नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सीमित भएको छ । कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो ।

त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लाग्यो ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ बराबरको कारोबार भयो ।

यस्तै रिडी हाइड्रोपावर रु पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी रु चार करोड ७४ लाख १९ हजार सात सय ८७, राधी विद्युत् कम्पनी रु चार करोड २८ लाख ४१ हजार छ सय ८९ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ९० लाख ५७ हजार आठ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कम्र्पोरेशन पाँच ९५, अप्पर हेवा खोला हाइड्रोपावर पाँच दशमलव ३८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव ९८, मल्टीप्रपोज फाइनान्स कम्पनी दुई दशमलव ९८ र समिट लघुवित्तका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर चार दशमलव ८८, कालिका पावर कम्पनी चार दशमलव ३९, ग्रीन डेभलपमेन्ट बैंक तीन दशमलव ८४, रिलायन्स फाइनान्स तीन दशमलव ७९ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्