माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो « Khabarhub

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।

समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो, यो माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको कुरा हो,’ अध्यक्ष केसीले भनिन्।

स्रोतका अनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।

उनीहरूको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामी मन्त्री बन्ने स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुङ्गो भने लागेको छैन।

कर्णाली प्रदेश सभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुई जना मात्र मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ४६ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा