नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ « Khabarhub

नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो व्यक्तिसँगको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान् बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए।

पक्राउ पर्नेमा हरि वली, भगवान् बस्नेत, विशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त मदिराहरू रात्रि क्लब, विभिन्न मदिराका डिलरहरू, दोहरी डान्सवार लगायतबाट माग भई उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : १४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको