दोलखाबाट आठ हजारले लिए राहदानी « Khabarhub

दोलखाबाट आठ हजारले लिए राहदानी


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो । राहदानीका लागि तत्काल चाहिने नागरिकले दोब्बर शुल्कमा  दूर्त राहदानीका लागि फाराम भर्ने र एक महिनापछिका लागि चाहिनेहरूले साधारण फाराम गरी दुई तरिकाले राहदानी दिने व्यवस्था रहेको छ । 

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार सात सय २३ जना पुरुष र दुई हजार तीन सय ६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए । 

त्यस्तै एक हप्ताभित्र राहदानी दिनेले  दूर्त राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार नौ सय ७९ जनाले फाराम भरेका थिए । दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा दुई करोड ७१ लाख ३७ हजार आठ सय ४० राजस्व संकलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

कोरोना महामारीका कारण विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीका लागि खुला गरेसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ३८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर