‘विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक’ « Khabarhub

‘विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक’


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पुरा गर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा कांग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए ।

‘यसअघि हामी योजना आयोग र मन्त्री हुँदा बनाएका झोलुङ्गे र मोटरेबल पुल, विद्यालय, स्वास्थ्य संस्थालाई समय अनुकूल सुधार र स्तरोन्नतिको काम पूरा गनै कांग्रेस नेतृत्व आवश्यक छ’, पूर्वमन्त्रीसमेत रहेका डा महतले भने, ‘शिक्षामा गुणस्तर, रोजगारको सुनिश्चित, आर्थिकरूपमा उपार्जनसहित बाह्रै महिना चल्ने कालोपत्रे सडकसहित छहरे–टोखा सुरुङ मार्गको अधुरा योजना पूरागर्न योग्यता, क्षमता, पहुँच, इमान र समपर्ण भएको व्यक्ति प्रतिनिधि हुनुपर्ने भएकाले त्यो कांग्रेसमा छ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्र खस्कदैँ गएकाले सुधार गरेर समृद्ध नेपाल निमार्ण गर्न आगामी चुनावमा कांग्रेसलाई बहुमतले बिजयी गराउन आग्रह गरे । दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्दै गरिबी निवारणका लागि अहिले कमजोर बनेको अर्थतन्त्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ । 

‘सडक विस्तार र ऊर्जाको उत्पादन बढाउन सक्यो भने मुलुकलाई अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ’, कांग्रेसका केन्द्रीय सदस्य डा. महतले भने, “बहुदलीय व्यवस्था, जनताप्रति उत्तरदायी जनप्रतिनिधि भएर आफूले थालनी गरेको सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत कार्यक्रम यो बीचमा रोकिएको छ, त्यो पूरा गर्न नुवाकोटको क्षेत्र नं १ मा कांग्रेसको नेतृत्व अत्यावश्यक छ ।’

‘लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति’ आयोजक र लिखु गाँउपालिका सह-आयोजकको रुपमा लिखु–४ चौघडामा गरिएको कार्यक्रममा कांग्रेसका नेताद्वयले हरितालिका तीज पर्वलाई सबै जाती, समुदायको साझा पर्व र संस्कृतिको जर्गेना गर्ने गरेर भड्किलोरहित बनाउन सुझाव दिए । सो अवसरमा महिला तथा विद्यालयतहका छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : १० बजे

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र