विश्व इतिहासमा आजः अधिनियम पारितदेखि इभको कृतिमानसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः अधिनियम पारितदेखि इभको कृतिमानसम्म


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज १० गते सोमबार। सन् २०२२ को सेप्टेम्बर २६ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २००८ सेप्टेम्बर २६ मा स्वीस डेयरडेभिल, पाइलट र अविष्कारक इभ रसी जेट-पावर्ड विङको सहायताले इङ्लिश च्यानल पार गर्ने पहिलो व्यक्ति बनेका थिए।
– सन् १९९७ सेप्टेम्बर २६ मा इटालीमा दुई वटा भूकम्प जाँदा सेन्ट फ्रान्सिसको बासिलिको भागहरु पतन भएको थियो।

– सन् १९५९ सेप्टेम्बर २६ मा जापानमा भेरा नामक अाँधी जाँदा पाँच हजार मानिसको मृत्यु हुनुको साथै वर्षा र पहिरोले क्षति पु¥याएको थियो।

– सन् १९४३ सेप्टेम्बर २६ मा अष्ट्रेलियाली क्रिकेटर इयान चैपलको जन्म भएको थियो। उनले सन् १९७१ देखि सन् १९७५ सम्म अष्ट्रेलियाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए।
– सन् १९१७ सेप्टेम्बर २६ मा ‘पोलिगन वूड’को युद्ध सुरु भएको थियो। बेल्जियमको ईप्रामा पहिलो विश्व युद्धअन्तर्गत बेलायती र अष्ट्रेलियाली सेना तथा जर्मन सेनाबीच यो युद्ध भएको थियो।

– सन् १९१४ सेप्टेम्बर २६ मा संघीय व्यापार आयोग ‘एफटीसी’ को स्थापना भएको थियो। सोही दिन उपभोक्ता र बजार संरक्षणको निम्ति संघीय व्यापार आयोग ऐन पनि बनाइएको थियो।

– सन् १८१० सेप्टेम्बर २६ मा उत्तराधिकारको स्वीडिश अधिनियम पारित गरिएको थियो। स्वीडेनको संविधानको भाग रहेको सो ऐन स्वीडिश शाही परिवारको उत्तराधिकारलाई नियमन गर्दछ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग