मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड « Khabarhub

मर्स्याङ्दीमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विविधीकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । तर, अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरी यसको बिक्री वितरण तथा बजारीकरण गरी आयआर्जन वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ ।

पालिका अध्यक्ष गुरुङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाको यस्तो निर्णयले फूल व्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुइँकेलले बाह्रै महिना उत्पादन हुने गरी फूल खेती गरिएको बताए ।

गत वर्षबाट सुरु गरिएको फूल खेतीले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यस वर्ष फूल तथा माला विक्री सुरु भैसकेकाे छ ।

स्थानीय फूल र माला प्रयोग गरी खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : २० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६