ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारबाही « Khabarhub

ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारबाही


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ९६ जना चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरीत चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाही परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ४२ बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको