पहिरोपीडितलाई नगदसहित राहत वितरण « Khabarhub

पहिरोपीडितलाई नगदसहित राहत वितरण


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको थियो । 

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।   

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २४ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १