मकवानपुरमा मतदाता सङ्ख्यामा वृद्धि | Khabarhub Khabarhub

मकवानपुरमा मतदाता सङ्ख्यामा वृद्धि


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– यही आउँदो मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश  निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख सात सय ३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताए । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता थिए ।

 मकवानपुरमा अहिले पाँच हजार आठ सय १४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार पाँच सय २८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि एक सय ६७ वटा मतदानस्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहको छ ।

 आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनिधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : ४९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको