‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै « Khabarhub

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ। 

नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले भने, ‘हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ । तर, हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । किनकी हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ ।’ 

नाटक घर नै व्यवस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको उनले बताए । अभिनेता राईले अग्रजबाट लिएको नाटकको संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउन महोत्सव गर्नुपर्ने दायित्व रहेको बताए ।

नौ दिनसम्म चल्ने महोत्सवमा १६ देश सहभागी हुने र २३ नाटक मञ्चन हुने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिए । उनले भने, ‘हामीले यसलाई उत्सवका रूपमा मनाउने तयारी गरेका छौँ । हामी नाटकको दर्शक बढाउन चाहन्छौँ । यसले नियमित दर्शकभन्दा फरकलाई पनि आकर्षित गर्छ ।’

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रङ्गमञ्चअन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनारलगायत अन्य क्रियाकलापहरू हुनेछन् । 

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ०१ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा