क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सक « Khabarhub

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सक


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ललितपुर– क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरू पूर्व बिरामीहरूको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए । 

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरूले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरूको हौसला बढाउन डाक्टरहरू पुगेनन् मात्र नाचगानमासमेत सहभागी भएका थिए । 

क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरको सबैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए । उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए । सुदीप्त क्यान्सर सर्भाभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुग अर्थात डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरूको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरू राखिएको थियो । 

साथै सांगीतिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरू अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए । नाचगानमा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतले क्यान्सर विजेताहरूको खुशीमा सहभागी हुँदै हौसला बढाउन नाचगानमा साथ दिएका थिए । 

कार्यक्रममा क्यान्सर विजयी भएको पाँच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना बिरामीहरूलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन् । साथै क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँग सम्बन्धित व्यक्तिहरू सहभागी रहेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ४९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग